माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा बौदीकाली च्याम्पियन
पाेखरा | पुस २८, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगितामा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका च्याम्पियन बनेको छ ।
माछापुच्छ्रे ३ घाचोकमा भएको फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।
च्याम्पियनसँगै बौदीकालीले नगद रु ३ लाख, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्याे । यस्तै उपविजेता गलकोटले रु २ लाख तथा ट्रफी हात पार्याे ।
यस्तै सेमिफाइनलमा पुगेका अन्नपूर्ण र चापाकोटले जनही रु ५० हजारबाट पुरस्कृत भए ।
प्रतियोगिताबाट बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु ७ हजार प्राप्त गरे ।
यसैगरी उत्कृष्ट स्पाइकरमा बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकरमा बौदीकालीकै विश्वास अधिकारी, उत्कृष्ट सर्भरमा सोही टिमकै आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।
प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद द्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

